बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा स्कुटर जित्ने मौका

आइतबार, माघ २५ २०८२

काठमाडौं(जस)–माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ । साथै, साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ ।
यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको छ । माईपे वालेट प्रयोग गरी मोबाईल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलीको विल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ । माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानालाई मध्येनजर गर्दै यस्तै नवीन र आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार