सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लैङ्गिक समानताबिना दिगो विकासको लक्ष्यप्राप्ति असम्भव

शुक्रबार, माघ २३ २०८२

काठमाडौँ, २३ माघः संयुक्त राष्ट्रसङ्घ कृषि तथा खाद्य सङ्गठन (एफएओ) का प्रतिनिधि एलेजेन्ड्रा साफाले लैङ्गिक समानताविना दिगो विकास लक्ष्य प्राप्त गर्न सम्भव नहुने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले कृषि क्षेत्रमा महिला र किशोरीको सहभागिता महत्वपूर्ण रहेको भए पनि असमानताको खाडल नपुरिँदासम्म वास्तविक विकास नहुने धारणा राख्नुभयो । “सहभागिता भएर मात्रै हुँदैन
उनीहरुले उठाएका मुद्दा सम्बोधन भएकी भएनन् भन्ने विषय महत्वपूर्ण हुन्छ”, उहाँले बताउनुभयो ।

कार्यक्रममा एफएओ भुटानका प्रतिनिधि क्यान्सिनो जुले कृषिमा महिला अधिकार मानव अधिकारसँग जोडिएको महत्वपूर्ण पाटो रहेको बताउनुभयो । उहाँले नेपालमा ७० प्रतिशत महिलाले कृषिमा योगदान दिएको बताउँदै उनीहरुलाई यस क्षेत्रमा नीतिगत रुपमा र व्यावहारिक रुपमा सशक्त बनाउन राज्य र निजी क्षेत्रले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, कार्यक्रममा लैङ्गिक समानताका अन्तरराष्ट्रिय विज्ञ मनिषा गोन्जालिसले महिलालाई आधुनिक प्रविधिमैत्री कृषिमा जोड दिनुपर्ने सुझाव दिनुभयो । एफएओका नेपालका लैङ्गिक समानता विज्ञ भवानी थपलियाले एफएओ नेपालले सन् २०२३ मा प्रकाशन गरेको कृषिमा महिला सहभागिताको प्रतिवेदन प्रस्तुत गर्नुभयो । जसमा विश्वमा ३३ प्रतिशत महिला कृषिमा संलग्नु हुनुभएको तथ्याङ्क छ ।

यसैगरी नेपालमा ७० प्रतिशत महिलाले कृषि गर्दै आएको तथ्याङ्क भए पनि भूमिमाथिको स्वामित्व भने जम्मा १९ दशमलव ५ प्रतिशत महिलामात्रै रहेको छ । कार्यक्रममा खाद्य, महिला र कृषिका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार