सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

दुर्गा प्रसाईँ फेरि पक्राउ

शुक्रबार, माघ २३ २०८२

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ।

उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए।

‘उहाँविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको हो,’ एसएसपी धितालले भने।

प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार