बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वैदेशिक रोजगार व्यवसायी तामाङ समाजको अध्यक्षमा स्याङ्बा, यस्तो बन्यो नयाँ कार्यसमिति

आइतबार, माघ १८ २०८२

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी तामाङ समाजको अध्यक्षमा मोहन स्याङ्बा निर्वाचित भएका छन् । समाजले तेस्रो राष्ट्रिय अधिवेशन एवं आठौं साधारण सभाले स्याङ्बाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

निर्विरोधरूपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामध्वज लामा, महासचिवमा लिल पाख्रिन तामाङ र सचिवमा राजकाजी भ्लोन र सोम लो तामाङ तथा कोषाध्यक्षमा तारा तामाङ निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा रमेश पाख्रिन तामाङ, इन्द्रबहादुर लामा, पूर्णबहादुर तामाङ, सोमबहादुर तामाङ, सरोज गोले तामाङ र रामबहादुर लामा तामाङ चयन भएका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको समाजले तामाङ समुदायका ऐतिहासिक तथा धार्मिकस्थलहरूमा पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष स्याङ्बाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार