काठमाडौं(जस)–कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको करिब ३२ करोड रुपैयाँबाट बढेर ३९ करोड पुगेको छ, जुन करिब २२ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ कायम भएको छ । कुल सम्पत्ति प्रतिसेयर १,८६५.०३ रुपैयाँ पुगेको देखिन्छ । बैंकको पूँजी पर्याप्तता अनुपात १२.५७ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ भने नेट एनपीएल ०.७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.३५ प्रतिशत र १.७२ प्रतिशतको तुलनामा सुधार देखिएको हो ।