बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

आइतबार, पुष २७ २०८२

काठमाडौं(जस)–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं तथा नवौं वार्षिक सााधारण सभा सम्पन्न भएको छ । सभा पुष २५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौं सम्पन्न भएको हो । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८०÷८१ तथा आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०÷८१ तथा आर्थिक वर्ष २०८१÷८२ एनएफआरएस बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रूपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो । उक्त साधारण सभामा संचालक किरण के.सीबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार