बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नवलपरासी पश्चिमको कजडैयास्थित टायल उद्योगमा कार्यरत दुईजना मजदुर मृत फेला

बिहिबार, पुष १७ २०८२

नवलपरासी : नवलपरासी पश्चिममा दुईजना मजदुर उद्योगमै मृत भेटिएका छन्। बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत दुईजना मजदुर आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

मृत भेटिएका मजदुरमा एक नेपाली र एकजना भारतीय छन्। बिहीबार बिहान बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए।

‘उनीहरू ग्यासी फायरमा रात्रीकालीन डिउटीमा खटिएका मजदुर हुन्,’ इन्सपेक्टर घिमिरेले भने, ‘ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरूलाई मृत फेला परेका हुन्।’

उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान सवा ९ बजेतिर उनीहरूलाई मृत भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए।

मृत फेला परेका दुवै मजदुरको शरीरमा कुनै पनि प्रकारको बाहिरी घाउचोट देखिएको घिमिरेले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार