आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाउँदै रकम ठगी गर्नेहरू पक्राउ

बिहिबार, पुष १७ २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाउँदै रकम ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–३ घर भएका २६ वर्षीय विश्व ठकुरी भनिने विश्व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका–९ बस्ने उदयपुर त्रियुगा नगरपालिका–१२ घर भएका ४४ वर्षीय अर्जुन कुमार निरौला, काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय गोपाल भनिने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्ने पाँचथर फिदिम नगरपालिका–१२ घर भएका ३८ वर्षीय पूर्ण बहादुर तुम्ब्रोक र ललितपुर, ललितपुर महानगरपालिका–२३ बस्ने काभ्रे पनौती नगरपालिका–१२ घर भएका ४० वर्षीय राज कुमार खड्का रहेका छन् ।

पक्राउ पर्नेमध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै नौजना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

यस्तै, पूर्णबहादुरले अस्ट्रिया पठाइदिन्छु भन्दै दुईजनाबाट चार लाख रुपैयाँ र राजकुमारले स्पेन पठाइदिने भनी एकजनाबाट आठ लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।

सो रकम लिएर उनीहरू सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विश्व, अर्जुन, प्रेम र पूर्ण बहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो ।

विश्व, अर्जुन र प्रेमलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा पूर्ण र राजकुमारलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार