आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एक करोड ६८ लाखमा वडा कार्यालयको भवन निर्माण

बिहिबार, पुष १७ २०८२

ढोरपाटन, बागलुङ, १७ पुसः तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।

वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सीट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ ।

वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार