बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

बुधबार, पुष १६ २०८२

नेपालगन्ज, १६ पुसः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २० वटा नयाँ मतदान केन्द्र कायम भएका छन् । यसअघि ३८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र ४०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेका बताउनुभयो । उहाँका अनुसार जिल्लामा १३९ मतदानस्थल रहेका छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताकोसङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको बताउनुभयो । छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार