काठमाडौं । नेपालको पहिलो जलन अस्पतालको रुपमा ईन्टरप्लास्ट जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा सुषमा कोईराला मेमोरियल ट्रष्ट संरक्षक रहने गरी नेपाल सरकारले ४९ वर्ष सम्मको लागि लिजमा उपलब्ध गराएको जग्गामा स्थापना भएको सुषमा कोईराला मेमोरियल अस्पताल मा ४८ दिनदेखि कर्मचारीहरु आन्दोलनरत छन् ।
गत जनर्वरी २०२५ देखि सुषमा कोईराला मेमोरियल ट्रष्टको सीईओ तथा कार्यकारी निर्देशकको अस्पतालमा आगमनसङ्गै अस्पतालमा विभिन्न समस्याहरु उत्पन्न हुँदै आईरहेको थियो । सीईओ बन्न शैक्षिक योग्यतासम्म नपुगेको व्यक्तिको अक्षम नेतृत्वको परिणाम अस्पताललाई २८ वर्षदेखि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको दात्रृ संस्था ईन्टरप्लास्ट जर्मनीले बाहिरिने संकेत देखाएको छ ।
अस्पतालका उच्चतहका कर्मचारीहरुलाई बिना प्रमाण झुठो आरोपहरु लगाई स्पष्टीकरण माथी स्पष्टीकरण सोध्ने, उनीहरुको कुरामा होमा हो नमिलाउनेलाई नकारात्मक दुष्टिले हेरी सो कर्मचारीमाथि पूर्वाग्रह राख्ने, हाम्रा कुरा नमान्नेलाई कसरी तह लगाउने जस्ता प्रतिशोध लिने, अस्पतालको गुणस्तरमा ध्यान दिन नखोज्ने जस्ता क्रियाकलापहरु हुँदै आईरहेको थियो ।
त्यस्तै ट्रष्टले कर्मचारी नियामावली उलङ्गन गरी कर्मचारी नियुक्ती गर्ने र आफूलाई मनलागेको कर्मचारीको नियम मिचेर बढुवा गर्ने साथै तलब बृद्धि गर्ने जस्ता क्रियाकलापहरु कर्मचारी नियमावली बिरुद्ध भएको भन्दै कर्मचारीहरु सामुहीक बैठक गर्दा अस्पतालहाता भित्र गुण्डा बोकेर ल्याएर अस्पतालका मेडिकल डाईरेक्टर,सर्जनमाथि हातापात गराएका थिए । सीईओ तथा कार्यकारी निर्देशकको सो कदमप्रति निजहरुलाई कारवाही हुनुपर्ने माग राख्दै अस्पतालमा कर्मचारीले आन्दोनरत रहेका छन् । अस्पताल जस्तो सम्बेदनशील क्षेत्रमा त्यस्ता कदम चाल्नेहरुबिरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशन बमोजिक जरिवाना तथा जेल सजाए हुने नियम रहेको छ ।
सुषमा कोईराला मेमोरियल ट्रष्टको सिईयो तथा कार्यकारी निर्देशकले अस्पताल हाता भित्र गुण्डा बोकेर ल्याएर अस्पतालका मेडिकल डाईरेक्टर, सर्जन माथी हातापात गरेको बिरुद्ध कर्मचारीहरुले प्रहरी प्रशासनमा जाहेरी दिँदा मेत प्रहरीले जाहेरी नबुझी उनीहरुको संरक्षण गरेको आरोप आन्दोलनरत कर्मचारीहरुको रहेको छ ।
आन्दोलनरत पक्षले वार्ताको वातावरण तयार गर्न विभिन्न पक्षहरु सँग भेटगरी वार्ताको वातावरण बाउन खोज्दा समेत ट्रष्टले रुची नदेखाएको बरु उल्टै जबरजस्ती कर्मचारीहरुले सीईओ तथा कार्यकारी निर्देशकको कक्षमा लगाएका ताला खोल्ने योजना बनाईरहेको बुझिन्छ । कर्मचारीले ट्रष्टको कदमप्रति उठाएको यो आन्दोलनलाई ट्रष्टले ‘दात्रृ संस्थाले आन्दोलन गर्न लगाएको’ भनी दात्रृ संस्थामाथि विभिन्न आरोपहरु लगाउँदै आएको छ ।
नेपालमा परेका जलनका बिरामीहरुको उपचारमा अर्बौँ रुपैयाँ सहयोग पुर्याउँदै आईरहको दात्रृ संस्थामाथी ट्रष्टले विभिन्न आरोपहरु लगाउँदै अस्पतालहाता भित्र रहेको दात्रृ संस्थाको कार्यालयसमेत ३१ डिसेम्बर २०२५ भित्र हटाउन निर्देशन दिएको थियो ।
ईन्टरप्लास्ट जर्मनीले क्रिसमसको समयमा अस्पतालबाट शुभकामना सन्देश जर्मनमा बस्ने विभिन्न नागरिकलाई पठाई सहयोग जम्मा गर्दै सुषमा कोईराला मेमोरिलय अस्पताललाई सहयोग गर्दै आईरहेको छ । अहिले सोही समयमा ट्रष्टबाट ईन्टरप्लास्ट जर्मनीका बोर्ड सदस्यहरुलाई विभिन्न आरोपहरु लगाई अस्पतालमा आन्दोलन गर्न उचालेका जस्ता आरोपहरु लगाई दिन प्रतिदिन ईमेलहरु गरी बदनाम गराउँदै आईरहेको छ ।
त्यस्तै दात्रृ संस्थानै नचाहिने भनी समाज कल्याण परिषदमासमेत मौखिक आग्रह समेत गर्न गएका छन् । स्थापनाकालदेखि सन २०१० सम्म जलनमा परेका बिरामीहरुलाई खानासहित पूर्णरुपमा नि:शुल्क उपचार गर्दा झण्डै २ लाख बिरामीहरुले उपचार सेवा पाउनुकासाथै १७ हजार भन्दा बढी निःशुल्क अप्रेशन गरको थियो । स्थापना कालदेखि झण्डै ५ लाख बिरामीहरुले अस्पतालबाट सेवा लिईसकेका छन् भने ३३ हजार बढीको शल्यक्रीया भई सकेको छ । अस्पतालले दात्रृ संस्थाको सहयोगमा प्रत्येक वर्ष नेपालका विभिन्न दुर्गम भागहरुहमा गई निःशुल्क अप्रेशन शिविर समेत संचालन गर्दै आईरहेको छ भने अस्पतालले जलनमा परेका १८ वर्ष भन्दामूनीका बालबालिकाहरुलाई निशुल्क उपचार समेत गर्दै आइरहेको छ ।
नेपालको जलनरोग उपचारमा सहयोग गर्ने पहिलो दात्रृसंस्था ईन्टरप्लास्ट जर्मनीलाई सुषमा कोईराला मेमोरियल ट्रष्टबाट लगाईएको विभिन्न प्रकारका आरोपहरुले गर्दा दात्रृ संस्था ईन्टरप्लास्ट जर्मनीले आउँदो सन् २०२८ सम्म भएको समाज कल्याण परिषदसँगको सम्झौता पछि सहयोग नगर्ने संकेत देखाएको छ ।
दात्रृ संस्थाको सहयोगबिना अस्पताल चल्नसक्ने सम्भावना रहेको देखिँदैन । तलब खर्चमासमेत सहयोग गरेकाले हालसम्म यो अस्पताल चल्दै आईरहेको छ । ९९ जना कर्मचारीहरु कार्यरत यस अस्पताल का कर्मचारी भविष्य अन्धकार देखिएको छ ।
अक्षम सीईओ हटाउने माग गर्दै आईरहेका कर्मचारीहरुले प्रतिस्पर्धा र विधिबाट नयाँ सीईओ स्वीकार्य रहेको बताउँदा पनि टिका लगाएर सीईओको पदमा पुगेको सीईओलाई हटाउने संकेत नगर्दा आन्दोलन थप लम्बीने देखिएको छ ।
यता कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्दै अस्पतालका सम्पूर्ण सेवाहरु सूचारु गरि बिरामीहरुलाई सेवा दिँदै आफ्नो कर्तव्य पालना गर्दै आईरहेका छन भने २ महिनादेखि तलबसमेत पाएका छैनन । त्यस्तै सप्लार्यसहरुको बिलको रकम भुक्तानीसमेत भएको छैन । जसले गर्दा अस्पतालाई आवश्यक पर्ने समाग्रीहरु उपलब्ध नुहँदा अस्पतालको सेवामासमेत विस्तारै प्रभाव पर्दै गईरहेको अस्पतालले बताएको छ । जुङ्गाको लडाईँ बन्दगरी अस्पतालको हितमा काम गर्न कर्मचारीहरुले माग गरेका छन् ।