सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपाको समानुपातिक बन्दसूचीमा चन्द्र ढकालका छोरा र गोल्ड स्टारकी मालिकपनि, अरु को–को छन् सूचीमा

बुधबार, पुष १६ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यावसायिक पृष्ठभूमिका दुई व्यक्तिहरू समेटिएका छन् । सूचीमा प्रख्यात व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणाको नाम समावेश गरिएको छ ।

ढकाल फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष हुन् । यसैगरी उनी खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । उनी बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटल चेन सन्चालनमा छ । स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट उद्यमशिलता विषयमा स्नातकोत्तर गरेका छन् ।

रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् । रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । बालेन साहका ४० जना, कुलमान घिसिङका १८ जनाले समानुपातिक पाउने भएका छन् ।

सोमबारमात्रै रास्वपाका सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो । रास्वपाको सूचीमा परम्परागत राजनीतिक अनुहारभन्दा बढी सेलिब्रेटी, अभियन्ता हावी देखिएका छन्। रास्वपा नेता कविन्द्र बुर्लाकोटी, विपीन आचार्यलगायत आयोगमा सूची लिएर पुगेका थिए ।

यस्तो छ सूची

प्रतिक्रिया
सम्बन्धित समाचार