बारा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्लाले उम्मेदवारी सिफारिसमा संशोधन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउनको लागि यही पुस ११ गत बारा जिल्लाबाट प्रत्यक्ष तर्फबाट क्षेत्र नं १ बाट विभा कुमारी कार्की र क्षेत्र नं ४ बाट कमला कुमारी रिमालको नाम सिफारिस भएको थियो ।
तर उनीहरुबाट समानुपातिकतर्फ खस आर्य क्लस्टरमा नाम समावेश गर्नका लागि मौखिक अनुरोध भएकाले बिभा कुमारी कार्कीलाई क्षेत्र नं १ को प्रत्यक्षबाट हटाई समानुपातिकको खास आर्य क्लस्टरमा र कमला कुमारी रिमाललाई क्षेत्र नं ४ को प्रत्यक्षबाट हटाई समानुपातकिको खस आर्य क्लस्टर उम्मेदवारमा थप गरि सिफारिस गरि नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेशमा सिफारिस गरिएको छ ।
सिफारिसकर्ताहरुमा दिनेश कुमार राई, क्षेत्र बहादुर श्रेष्ठ, रमेश प्रसाद यादव, नन्दलाल ठाकुर, भरत बहादुर खड्का र वद्री चौलागाई रहेका छन् ।
