बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

किसानसँग कोटाभन्दा बढी धान खरिद

मंगलबार, पुष १५ २०८२

राँझा, बाँके, १५ पुसः नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ । यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो ।

मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा र चार हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरी २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटा धान रु पाँच करोड २९ लाख ७७ हजार २४२ र मध्यम धान रु एक करोड ८१ लाख ४० हजार ५६१ को धान खरिद गरिएको छ । मोटा धानको रु तीन हजार ४६३ दशमलव ८१ पैसा र मध्यम धानको रु तीन हजार ६२८ दशमलव ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले बताउनुभयो ।

केन्द्रबाट सीमित बजेट छुट्याइएको र सोहीअनुसार धान खरिदको कोटा प्राप्त भएकाले सोहीअनुसारको खरिद गरिएको बताउँदै उहाँले योसँगै यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उल्लेख गर्नुभयो । गत वर्ष कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार