आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रमेश लेखक बयान दिन जाँजबुझ अयोगमा, अब केपी ओली मात्र बाँकी

सोमबार, पुष १४ २०८२

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिन आज अयोगको कार्यालय सिंहदरबार पुगेका छन् । उक्त दुई दिनका घटनाबारे उनले आयोगका पदाधिकारीलाई बताउनेछन् ।

लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक पनि गर्ने उनको सचिवालयले जनाएको छ ।

लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो ।

आयोगले तत्कालिन सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । अब बयान लिन केपी शर्मा ओली मात्र बाँकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार