सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिसानको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी

आइतबार, पुष १३ २०८२

काठमाडौँ, १३ पुसः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी हुनुभएको छ ।

यही पुस ११ र १२ गते काठमाडौँमा सम्पन्न महाधिवेशनका अवसरमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी शर्माले १६० र प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुनुहुन्छ ।

यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा टङ्कराज आचार्य र डा स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेशकुमार सिलवालले बधाई दिनुभएको थियो । महाधिवेशनको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार