लन्डन, ११ पुस । विभिन्न १४ वटा राष्ट्रहरूले इजरायली सुरक्षा मन्त्रिपरिषद्ले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीहरूलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत, स्पेन, फ्रान्स, जर्मनी, क्यानडा,जापान लगाएतका देशरुले आलेचना गरेको जनाइएको छ ।
राष्ट्रहरूले इजरायली निर्णयले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको तर्कसहित यो प्रक्रियाले वेस्ट ब्याङ्कमा राजनीतिको तीव्रता भन्दै उनीहरूले इजरायलले यो कदम यथासिग्र फिर्ता लिनु पर्ने बताएका छन् ।
बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, आइसल्याण्ड, आयरल्यान्ड, जापान, माल्टा, नेदरल्यान्ड्स, नर्वे, स्पेन र बेलायतले इजरायली सुरक्षा क्याबिनेटले कब्जा गरेको वेस्ट ब्याङ्कमा १९ वटा नयाँ बस्तीहरूको
स्वीकृतिको निन्दा गरेको बेलायतका विदेश सचिव यभेट कुपरले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा हाल वेस्ट ब्याङ्कको समस्याको कारण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन मात्र नभई अस्थिरतालाई बढावा दिने जोखिम पनि रहेको बताएको छ । यसको कारण गाजा क्षेत्र भरि दीर्घकालीन शान्ति र सुरक्षाको सम्भावनालाई हानि पुर्याउने तथा गाजाका लागि व्यापक योजनाको कार्यान्वयनलाई कमजोर पार्ने उच्च जोखिम रहेको जनाइएको छ ।

विज्ञप्तिमा कुनै पनि प्रकारको विलय र ई–१ व्यवस्थापन र हजारौं नयाँ आवास एकाइहरूको स्वीकृति लगायतका नीतिहरूको विस्तारको विरोध गर्दै इजरायललाई यो निर्णयलाई उल्टाउन, साथै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २३३४ अनुरूप बस्तीहरूको विस्तार गर्न आह्वान गरिएको छ ।
प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारको समर्थनमा दृढ रहेको बताउदै संयुक्त राष्ट्र सुरक्षा परिषद्को सान्दर्भिक प्रस्ताव अनुसार दुई–राज्य विच न्यायपूर्ण र स्थायी शान्तिका लागि अटल प्रतिबद्धतालाई दोहोर्यादै इजरायल र प्यालेस्टाइनको सुरक्षित र मान्यता प्राप्त सीमाभित्र शान्ति र सुरक्षाका लागि वार्ताको विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस अघि इजरायली मन्त्रिपरिषद्ले वेस्ट ब्याङ्कमा ११ वटा नयाँ बस्ती स्थापना गर्न स्वीकृति दिएको थियो भने थप आठवटा बस्तीलाई हालै थप गर्न चाहेको जनाइएको छ सबै बस्तीहरू वेस्ट ब्याङ्कको क्षेत्र सीमा अवस्थित छन् ।