शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता गरेका हुन्। भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ।

यसअघि खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेट्ने कार्यक्रम रहेको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार