सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिजो घटेको सुनको भाउमा आज फेरि अर्को कीर्तिमान, प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँ

शुक्रबार, पुष ११ २०८२

काठमाण्डौ । हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।

आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार चार सय रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार