आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

बिहिबार, पुष १० २०८२

काठमाडौं । नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ ।

भारतीय आईस स्केटिंङ संघको आयोजना तथा एसियाली आईस स्केटिंङ महासंघ र अन्तराष्ट्रिय स्केटिंङ महासंघसंगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिंङ प्रतियोगितामा नेपालका तर्फबाट बाट २ जना महिला तथा ४ जना पुरुष खेलाडी हरुले सहभागिता जनाउन लागेका हुन् ।

नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ गते देखि १४ गतेसम्म भारतको देहेरादुनस्थित माहाराना प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तराष्ट्रिय आईस स्केटिंङ रिंक सेन्टरमा आयोजना हुने छ । प्रतियोगितामा नेपालबाट सिनियर पुरुषतर्फको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे र जुनियर महिलातर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनियर २५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ। त्यस्तै उक्त प्रतियोगितामा टिम म्यानेजरका रुमपा सन्जु श्रेष्ठ तथा अफिशिएलमा संघका महासचिब सत्य थापाले सहभागिता जनाउने छन् ।

सो प्रतियोगितामा सहभागी हुन जान लागेको नेपालि स्केटिंङ खेलाडीहरुको टिमलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष्य जीवनराम श्रेष्ठले यस ऎतिहासिक सहभागिता नेपालक लागि खुसीको कुरा रहेको बताउँदै शीतकालीन ओलम्पिक खेलको रुपमा रहेको आईस स्केटिंङ खेल नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यस खेलबाट नेपालले मेडल जित्ने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ अन्तराष्ट्रिय स्केटिंङ महासंघको निवेदक राष्ट्रियसंघ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार