आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उत्तर सागरमा कार्बन भण्डारणको तयारी

सोमबार, पुष ७ २०८२

एस्बेर्ज, डेनमार्क, ७ पुस । उत्तरी सागरमा कुनै बेला तेल उत्खनन गरिएका क्षेत्रहरू अब जलवायु परिवर्तनसँग लड्ने नयाँ प्रयोगस्थल बन्ने भएका छन् । डेनमार्कको तट नजिकै रहेको उत्तर सागरमा युरोपका विभिन्न देशबाट आयात गरिएको कार्बनडाइअक्साइड (सिओ२) छिट्टै समुद्री सतहमुनि गाडिने तयारी भइरहेको छ । यो कार्य कार्बन क्याप्चर एन्ड स्टोरेज (सिसिएस) परियोजनाअन्तर्गत गरिन लागेको हो ।

सिसिएस प्रविधिलाई संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आइइए० ले ग्लोबल वार्मिङ नियन्त्रणका लागि महत्त्वपूर्ण उपकरणका रूपमा मान्यता दिएका छन् । विशेष गरी सिमेन्ट र स्टिलजस्ता उद्योगबाट निस्कने कार्बनडाइअक्साइड घटाउन यो प्रविधि उपयोगी मानिन्छ । यद्यपि, यसको प्रविधि जटिल र लागत निकै महँगो रहेको विज्ञहरू बताउँछन् ।

ञबेलायती रसायन कम्पनी इनियोसको नेतृत्वमा सञ्चालन भइरहेको ग्रिन्स्यान्ड परियोजना डेनमार्कको तटबाट करिब १७० किलोमिटर टाढा अवस्थित छ । यहाँ उत्तरी सागरको एउटा पुरानो तेल प्लेटफर्ममुनि रहेको गहिरो र खाली जलाशयमा कार्बनडाइअक्साइड भण्डारण गरिनेछ । परियोजनाको पहिलो चरण आगामी केही महिनामा सुरु हुने र वार्षिक करिब चार लाख टन कार्बनडाइअक्साइड गाडिने योजना रहेको छ ।

इनियोसका युरोपेली अपरेसन प्रमुख म्याड्स गेडले यसलाई ‘प्रक्रियालाई उल्ट्याउने ऐतिहासिक अवसर’ को संज्ञा दिनुभएको छ । उहाँका अनुसार, पहिले तेल निकालिएको जमिनमा अब कार्बनडाइअक्साइड फिर्ता इन्जेक्ट गरिनेछ । मुख्यतः बायोमास पावर प्लान्टबाट सङ्कलित तरलीकृत कार्बनडाइअक्साइड युरोपबाट दक्षिणपश्चिम डेनमार्कको एस्बेर्ज टर्मिनल हुँदै निनी प्लेटफर्मसम्म पु¥याइनेछ ।

नर्वेजियन अफशोर डाइरेक्टोरेटका सिसिएस संयोजक एन हेलेन ह्यानसेनका अनुसार उत्तर सागरलाई कार्बनडाइअक्साइड भण्डारणका लागि सुरक्षित मान्नुको कारण यहाँ विगत ५० वर्षभन्दा बढी समयदेखि तेल तथा ग्यास उत्पादनका क्रममा सङ्कलन गरिएको विशाल भूगर्भीय तथ्याङ्क हो । उहाँले उत्तरी सागरमा थुप्रै समाप्त भइसकेका तेल–ग्यास क्षेत्र र गहिरा चट्टानी संरचनाहरू रहेको जानकारी दिनुभयो ।

आँकडाअनुसार नर्वे पक्षको उत्तर सागर क्षेत्रमा मात्र सैद्धान्तिक रूपमा करिब ७० अर्ब टन कार्बनडाइअक्साइड भण्डारण गर्न सकिने क्षमता छ । बेलायतको भागमा यो क्षमता करिब ७८ अर्ब टन रहेको बताइएको छ । डेनमार्कमा पूर्ण तथ्याङ्क नभए पनि टोटल एनर्जीजको नेतृत्वमा रहेको बाइफ्रोस्ट परियोजनाले ३३ करोड ५० लाख टनसम्म कार्बनडाइअक्साइड भण्डारण गर्न सक्ने अनुमान गरेको छ । तुलनात्मक रूपमा युरोपेली सङ्घ ९इयु० को वार्षिक हरितगृह ग्यास उत्सर्जन करिब ३।२ गिगाटन रहेको छ ।

इयुले नेट–शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण क्षमता विकास गर्ने कानूनी लक्ष्य तय गरेको छ । ग्रिन्स्यान्ड परियोजनाले पनि सन् २०३० सम्ममा आफ्नो क्षमता बढाएर वार्षिक ८० लाख टन पु¥याउने योजना बनाएको छ । छिमेकी नर्वेमा ‘नर्दन लाइट्स’ नामक विश्वकै पहिलो व्यावसायिक सिओ२ यातायात तथा भण्डारण सेवाले हालै पहिलो इन्जेक्सन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

तर, यति ठूलो सम्भावना हुँदाहुँदै पनि चुनौतीहरू कम छैनन् । उद्योगहरूका लागि कार्बनडाइअक्साइड समात्ने, ढुवानी गर्ने र समुद्रमा गाड्ने खर्च अहिले पनि कार्बन भत्ता खरिद गर्नुभन्दा महँगो पर्दछ । विशेष गरी समुद्री भण्डारण थप खर्चिलो हुने बताइन्छ । ह्यानसेनका अनुसार अपतटीय भण्डारण महँगो भए पनि यसले तुलनात्मक रूपमा बढी सार्वजनिक स्वीकृति पाउने गर्छ ।

हालसम्म नर्दन लाइट्स परियोजनाले युरोपका केवल तीन कम्पनीसँग मात्र व्यावसायिक सम्झौता गर्न सकेको छ र नर्वेजियन राज्यको ठूलो आर्थिक सहयोगबिना यो परियोजना सम्भव नहुने बताइन्छ । वातावरणीय संस्था फ्रेन्ड्स अफ द अर्थ नर्वेका प्रमुख ट्रल्स गुलोसेनले भने सिसिएसलाई तेल युग लम्ब्याउने बहानाका रूपमा प्रयोग गरिएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार उत्तर सागरबाट हुने जीवाश्म इन्धन उत्खनन र त्यसबाट निस्कने उत्सर्जन, सिसिएसमार्फत गाड्न सकिने कार्बनभन्दा धेरै ठूलो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार