आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सेयर बजार १३.८८ अंकले ओरालो लाग्यो

सोमबार, पुष ७ २०८२

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार १९.९२ अंकले घटेको नेप्से परिसूचक आज १३.८८ अंकले ओरालो लागेको हो। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

यसदिन ३३२ स्क्रिप्सको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका अनु्सार लुम्बिनी विकास बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले १० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। सन नेपाल लाइफ इन्स्योरेन्सले ८ करोडको सेयर कारोबार गर्दा मन्जुश्री फाइनान्स,हिमालयन पावर र सिटीजन्स लाइफ इन्स्योरेन्सले ७ र७ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ५४ वटा स्टक्सको मूल्य बढ्दा २०० वटाको घट्यो। बाँकी ५ समूहको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अरु समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार