चितवन : उज्यालो नेपाल पार्टीद्वारा चितवनमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै युवानेता नारायण भण्डारी “समाजसेवी”ले देशको वर्तमान अवस्था, युवाको भूमिका र सामाजिक परिवर्तनका विषयमा सशक्त धारणा राखेका छन् ।
सभामा बोल्दै भण्डारीले राजनीतिमा नयाँ सोच, इमानदारी र युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै जनताको भरोसा जित्ने राजनीति आजको आवश्यकता भएको बताए । समाजसेवाबाट राजनीति प्रवेश गरेका भण्डारीले शिक्षा, रोजगारी, स्वास्थ्य र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै उज्यालो नेपाल पार्टी जनताको आवाज बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टी अध्यक्ष तथा मन्त्री कुलमान घिसिङले पनि आफ्नो धारणा राख्दै पार्टीको भावी कार्यदिशा, विकास र समृद्धिको यात्रामा युवाको योगदान महत्वपूर्ण हुने बताए । उनले नारायण भण्डारीजस्ता ऊर्जावान र प्रतिबद्ध युवानेताबाट पार्टीलाई थप मजबुती मिल्ने विश्वास व्यक्त गरे ।
सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। चितवनको सभाले उज्यालो नेपाल पार्टीप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ थियो।