आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई डेढ अर्ब बराबरको लाभांश वितरण गर्ने

शुक्रबार, पुष ४ २०८२

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई डेढ अर्ब बराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।

बैंकको पुस ३ मा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११३ रुपैयाँबराबरको बोनस र नगद लाभांश वितरणको लागि राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको हो।

सो लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्। बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँ छ।

यसको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। यसअनुसार सेयरधनीले १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७ रुपैयाँबराबरको बोनस सेयर र ८ करोड १६ लाख ९५ हजार ५६ रुपैयाँ नगद पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार