आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पूर्वमाओवादी नेता लेखराज भट्टले जित्दा केपी ओलीका विश्वासपात्र विष्णुप्रसाद रिमाल उपमहासचिव पदमा हारे

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा केपी शर्मा ओलीका विश्वासपात्र विष्णुप्रसाद रिमाल पराजित भएका छन् ।

१९ पदाधिकारीमध्ये अध्यक्षसहित १७ जना ओली प्यानलबाट निर्वाचित हुँदा रिमालले भने जित दर्ता गर्न सकेनन् । तीन जना निर्वाचित हुने उपमहासचिव पदमा उनी चौंथो स्थानमा रहे ।

उपमहासचिवमा पूर्वमाओवादी नेता लेखराजले भट्ट सबैभन्दा बढी भोट पाएका छन् । ओली प्यानलका उनले १४ सय ५२ मत ल्याए ।

ओली समूहकै रघुवीर महासेठ दोस्रो बढी मतसहित विजयी हुँदा ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो हुँदै उपमहासचिव चुनिए । यी दुईले क्रमशस् १३ सय ६८ र १३ सय ४८ मत पाए ।

माओवादीबाट आएका लेखराज र ईश्वर प्यानलका योगेशको भन्दा कम मत पाएका रिमाललाई जम्मा १ हजार ९१ भोट पर्यो ।

अहिलेसम्म भूगोलको राजनीति नगरेका रिमाल ओलीका अति विश्वासपात्रका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार