काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ ।
संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सी स्रोतले जानकारी दयो ।
स्रोतले भन्यो, “उहाँ महान्यायाधिवक्ता भएपछि विवादमा पनि तानिनुभयो । राजीनामा पनि दिनुभएन । त्यसैले हामी हटाउन बाध्य भयौँ । उहाँको नाम वेबसाइटबाट पनि हटाइएको छ ।”