काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् ।
११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डप जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका हुन् ।
विधानको ७० बर्से उमेरहदको अभ्यासलाई देखाउँदै उनले अब कुनै पदमा सक्रिय नहुने प्रष्ट्याएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि एमालेको महाधिवेशन जारी छ । यही महाधिवेशनकै दौरानमा एमालेकै पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले पनि शनिबार सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका थिए ।