कुवेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभागका लागि व्यवस्था गरिएको १० प्रतिशत आरक्षित कोटा अन्तर्गत कुवेतबाट एक्लो र आधिकारिक प्रतिनिधिको रूपमा वरिष्ठ सल्लाहकार राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस भएका छन् ।
पार्टी, समाज र राष्ट्रप्रति उहाँले पुर्याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै यो निर्णय गरिएको प्रवास नेपाली सम्पर्क विभाग समिति कुवेतले जनाएको छ । ‘आगामी दिनहरूमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको मर्यादा, प्रवास , श्रमिक , समाज र राष्ट्रहितमा निरन्तर कार्य गर्नुहुनेछ भन्ने विश्वास लिइएको छ’ सचिव उद्धव अधिकारी र सभापति ईश्वर भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Screenshot