काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । आज सरकारमा आज चार मन्त्री थपिँदै छन्।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार आज वन, भूमि, महिला र श्रममन्त्री नियुक्ति गर्न लागिएको हो।
कुमार इङनाम, माधव चौलागाईँ, राजेनद्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई क्रमश ः भूमि, वन, श्रम र महिला मन्त्रीमा नियुक्ति गरिने भएको हो।