आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वीरगञ्ज महानगरपालिकालाई बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण

बुधबार, मंसिर २४ २०८२

वीरगञ्ज, पर्सा, २४ मङ्सिरः जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो । वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिले आज एक कार्यक्रमबीच नौ थान कम्प्युटर महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख सिंहले सिंहले बैंकहरूले सङ्कटको बेला सहयोग गरेर उदाहरणीय काम गरेको बताउनुभयो । “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो, यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै सङ्घ–संस्थाप्रति हामी कृतज्ञ छौँ”, उहाँले भन्नुभयो, “यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ”, उहाँले भन्नुभयो ।

बैंकर एसोसिएसन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगञ्ज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै महानगरपालिकालाई आवश्यक उपकरण उपलब्ध गराएको जानकारी दिनुभयो । यसअघि सूर्य नेपाल, औषधि व्यवसायी सङ्घ पर्सा, एनपिएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न सङ्घ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार