सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई

आइतबार, मंसिर २१ २०८२

ललितपुर । नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपाल मै पहिलोपटक आयोजना भएको राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता आज सम्पन्न भएको छ ।

सुन्दरीजलदेखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दुरीको सो प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिजाल र नेपाल नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनाल ले सयौं स्केटर ९खेलाडी० को सहभागिताकासाथ गरिएको थियो ।

नेपालमै पहिलो पटक आयोजना भएको सो प्रतियोगितामा महिला पुरुष गरि करिब २०० जना स्वदेशी तथा बिदेशी खेलाडी हरुले सहभागिता जनाएका थिए, ।यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खेलाइएको थियो । सो प्रतियोगिताको महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दोस्रो र सिवानी रेग्मी तेस्रो भए । पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ दोस्रो र सफल थापा तेस्रो भएको प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताए।

उक्त प्रतियोगितामा बिजयी हुनेहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, गोकर्णेश्वर नगर पालिकाका मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले संयुक्त रुपमा रू. पचास हजार, तीस हजार, पन्ध्र हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार