आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

बिहीबार दुई लाख ४८ हजार ४०० रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । बिहीबार तीन हजार २८० रुपैयाँ रहेको प्रतितोला चाँदी ६५ रुपैयाँ बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार