शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमबार, मंसिर ८ २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार धर्मेन्द्रका परिवारका सदस्यहरू सोमबार मुम्बईको विले पार्ले शवदाह गृह पुगेका छन् ।

हेमा मालिनी र उनकी छोरी इशा देओल घाटमा पुगेका बीबीसीले जनाएको छ । अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन पनि घाटमा पुगेका समाचारमा उल्लेख छ ।

धर्मेन्द्र लामो समयदेखि बिरामी थिए ।

सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार