आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डी कारोबारमा पक्राउ

शुक्रबार, मंसिर ५ २०८२

काठमाडौं(जस)–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ । हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरिएको हो । ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा छानबिन चलिरहँदा उनी समातिएका हुन् ।
अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ । रेमिट कारोबारको आवरणमा एकै दिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको हो । प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए । उक्त बैंकको लेखा शाखामा कार्यरत हुँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाणले देखाएको प्रहरीको दाबी छ। महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको आर्थिक सीआईबीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार