शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जाजरकोटमा ट्र्याक्टर दुर्घटना : सहचालकको मृत्यु

बिहिबार, मंसिर ४ २०८२

काँक्रेविहार, सुर्खेत, ४ मङ्सिरः जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार