आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना श्रेष्ठ नियुक्त

बुधबार, मंसिर ३ २०८२

काठमाडौँ। सरकारले शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

डा. श्रेष्ठ प्रत्यारोपण केन्द्रको बरिष्ठ चिकित्सक हुनुहुन्छ । यसअघिका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि उक्त पद रिक्त थियो।

यसैगरी, बैठकले जेनजी आन्दोलनका दुई हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार