काठमाडौं । शिवम् सिमेन्टस्ले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने भएको छ ।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट आर्थिक ०८१/८२ को मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीका आधारमा कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको हो ।
लाभांश प्रयोजनका निम्ति कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्नेछ । मंसिर १० गतेसम्म सेयर खरिद गरी कायम सेयरधनी लाभांश प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते साधारणसभा बोलाएको छ । सभा काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने गरी डाकिएको छ । तर, स्थान तोकिएको छैन ।