काठमाडौँ । काठमाडौँ छैठौँ अन्तरराष्ट्रिय फोटो महोत्सव सुरु भएको छ । ‘फोटो सर्कल’ नमक संस्थाले आयोजना गरेको महोत्सव आजदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।
महोत्सव काठमाडौँ उपत्यकाका विभिन्न १८ स्थानमा प्रर्दशनी हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा, ‘स्लाइड सो प्रोजेक्सन’, कार्यशाला, कलाकारसँग वार्ता, प्यानल छलफल, ‘पोर्टफोलीयो’ समीक्षा र चलचित्र प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
महोत्सवको प्रमुख स्थान भने नेपाल कलापरिषद् हुनेछ । महोत्सव पाटनको मङ्गलाहिटी, च्यासल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, नक्सालको नन्दीकेश बगैँचा र मध्यपुरथिमिको निगूपुखुमा पनि एकसाथ हुनेछ ।