आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप : प्रदीप ज्ञवाली

बिहिबार, कार्तिक २७ २०८२

दाङ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको दाबी गरेका छन्। आज तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यथास्थितिमा भएको चुनावको कुनै औचित्य नहुने बताएका हुन्।

‘संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन(जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो ।’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भए त्यसको कुनै औचित्य हुँदैन।’

उनले यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताए। उनले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाए । दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।

उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ । लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार