शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जेनजी आन्दोलनको भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री अर्याललाई सुधन गुरुङको सुझाव

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । ‘हामी नेपाली’ नामक संस्थाका संयोजक सुधन गुरुङले जेनजी आन्दोलनको भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिएका छन् ।

बिहीबार काठमाडौं महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोही स्थानमा पुगेका गुरुङले जेनजीुआन्दोलनको भावनाअनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको टिप्पणी गरे । जेनजी को भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री अर्याललाई उनले सुझाव दिए ।

अहिले जेनजी आन्दोलनको भावनाअनुसार काम गर्ने मन्त्रीहरूको आवश्यकता रहेको गुरुङको भनाइ छ । गृहमन्त्रीबाहेक अन्य मन्त्रीहरूले भने जेनजी आन्दोलनको भावनाअनुसार काम गरिरहेको बताए ।

शिक्षा, स्वास्थलगायत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सबै मिलेर भ्रष्टाचारमुक्त देश बनाउनुपर्ने उनको भनाइ छ । सरकारी जग्गा हडपेर बनाएर संरचना हटाएर जनता र राज्यलाई न्याय दिइएको गुरुङको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार