सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जिनियस म्युजिक अवार्ड भब्यरुपमा सम्पन्न, मुख्यमन्त्री बानियाबाट गायिका मीरा राणा, पत्रकार रामजी बगालेलगाएत सम्मानित

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित “६औं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५” तथा “जिनियस लोक नृत्य प्रतियोगिता–२०८२” राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले विभिन्न श्रेणीका विजेता तथा योगदानकर्ताहरूलाई सम्मानपत्र र अवार्ड प्रदान गर्नुभएको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा वरिष्ठ गायिका मीरा राणालाई “दिर्घ साधना सम्मान” र जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई “जिनियस पत्रकारिता सम्मान” मुख्यमन्त्री बानियाको हातबाट प्रदान गरिएको थियो।
मीरा राणाले नेपाली संगीत क्षेत्रमा पाँच दशकभन्दा बढी समय समर्पण गरी अमिट योगदान दिएकी हुन् भने बगालेले पत्रकारिताको माध्यमबाट देश र विदेशमा नेपाली समुदायको आवाज बुलन्द गर्दै आएका छन्।

त्यसैगरी पत्रकार तुलसी गिरी, चन्द्रमणी गौतम, सुरेन कुंवर र अक्कल कुंवर पनि पत्रकार सम्मान बाट सम्मानित भए।
जिनियस अचिभमेन्ट अवार्ड–२०२५ अन्तर्गत समाजसेवी तथा अभियन्ता राममणी न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा. कृष्णहरि बराल सम्मानित भए।

यसैअवसरमा देवेन्द्र शाही, बसन्त घिमिरे, प्रदिप अर्याल, रोशन कुमार श्रेष्ठ, रुद्रबहादुर नेपाल, जुनु घिमिरे, प्रकाश कुमार श्रेष्ठ, जयराम तिमिल्सिना र दिपा श्रेष्ठ लगायतका व्यक्तिहरूलाई जिनियस अचिभमेन्ट सम्मान–२०२५ बाट सम्मानित गरिएको थियो।

स्रष्टा र विशेष सम्मानतर्फ सोनाम पाख्रिन, शोभा त्रिपाठी, प्रोसेस पाण्डे, अश्विनी कान्त झा, दिपीका बलामी, सन्दिप भुजेल, टेकराज पाण्डे, अप्सना नेवा हायु, जितेन तामाङ, ईश्वर गुरुङ, जितेन्द्र महर्जन र बिजेता परियार लगायतका व्यक्तित्व सम्मानित भए।

जिनियस म्युजिक अवार्ड–२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, गायक भानुभक्त ढकाल, गीतकार पुरु लम्साल, संगीतकार गैरे सुरेश, दिपक शर्मा, रमेश पाठक, निर्देशक माधव खरेल, कोरियोग्राफर केशव कोईराला, गायिका मञ्जु लावती, संगीतकार बिनोद पछ्याई र गीतकार गोबिन्द भट्ट रहेका थिए।
त्यस्तै जिनियस लोक नृत्य प्रतियोगिता–२०८२ का निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, जोगेन्द्र केसी र आर.सी. कोईराला थिए।

विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो।
त्यसक्रममा सर्वोत्कृष्ट गीतकार, संगीतकार, निर्देशक, मोडल र गायक/गायिकातर्फ रचना रिमाल, दुर्गेश थापा, शिव कैलाश, सरिता भारती, ममता गुरुङ, सी.डी. विजय अधिकारी, प्रमोद पन्त, अर्जुन पोखरेल लगायतका कलाकार सम्मानित भए।
त्यसैगरी लोकदोहोरीतर्फ सर्वोत्कृष्ट नव गायिका रिया खत्री भइन ।

कार्यक्रममा संगीत, नृत्य र सम्मानको समिश्रणले नेपाली संगीतको विविधता, सिर्जनशीलता र मौलिक पहिचान उजागर गरेको आयोजकले जनाएको छ। जिनियस म्युजिक अवार्ड नेपाली कला, संस्कृति र मौलिक संगीतको संरक्षण, प्रवर्द्धन र प्रोत्साहनका लागि निरन्तर आयोजित हुँदै आएको प्रतिष्ठित मञ्च हो। आयोजक संस्थाका अध्यक्ष रमेश पाठकले सहयोग र सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै आगामी वर्ष यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा अझ व्यापक बनाइने जानकारी गराए।

प्रतिक्रिया
सम्बन्धित समाचार