काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले सेयरधनीलाई ४२/१०५ प्रतिशत लाभांश दिने भएको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २.१०५ प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
त्यस्तै, कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको १:१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।