आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

बुधबार, कार्तिक २६ २०८२

वीरगञ्ज, पर्सा । अनुचित लेनदेन ९मिटरब्याज०सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्”, भन्नुभयो ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि रु एक लाख १० हजार ऋण लिनुभएकामा साहुकार जोगिन्दर राउत कुर्मीले रु तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”

पर्सामा मेलमिलापको बिगो रु २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार