शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्।

उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको हो।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर, सर्वोच्च अदालतले १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार