शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

दिल्लीमा भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीद्वारा दुःख व्यक्त

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मेन्सन’ गर्दै प्रधानमन्त्री कार्कीले दुःख व्यक्त गरेकी हुन् ।

कार्कीले गत साँझ दिल्लीमा भएको विस्फोटले आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेकी छन् । साथै उनले शोकाकुल परिवारहरुमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘दुःखको यस घडीमा नेपाल भारतको साथमा खडा छ,’ कार्कीले लेखेकी छन् ।

उक्त विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

प्रतिक्रिया
सम्बन्धित समाचार