आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चितवन–नवलपुरमा साँगे सभ्यता संरक्षण तथा विकास अभियानको संगठन विस्तार

आइतबार, कार्तिक २३ २०८२

चितवन । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको तत्त्वावधानमा गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्र विशेष संगठन विस्तार तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्रबाट स्थायी वा अस्थायी रूपमा चितवन–नवलपुर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरू, विवाहित छोरी–चेली तथा स्थानीय क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अभियानका उद्देश्य र संगठन विस्तारका रणनीतिबारे विस्तृत छलफल गरेका थिए।

छलफलपछि रवि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय साँगे सभ्यता संरक्षण तथा विकास अभियान चितवन–नवलपुर कार्यसमिति गठन गरिएको छ। समितिमा सह–संयोजक लक्ष्मी न्यौपाने, सचिव जीवन वाग्ले, कोषाध्यक्ष केशव राज काफ्ले रहेका छन। सदस्यहरूमा दधिराज वाग्ले, उर्मिला न्यौपाने, वासना पण्डित, प्रकाश भण्डारी, विष्णु वाग्ले घिमिरे, भगवती वाग्ले नेपाल र सागर काफ्ले छन।

कार्यक्रम अभियानका केन्द्रीय संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कवि एवं साहित्यकार माधवप्रसाद भारद्वाज प्रमुख अतिथि तथा अग्रणी महिला भुवनेश्वरी अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो। करिब डेढ सय सहभागीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अभियानका महासचिव सरोज ओझा , सदस्यहरू पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, ई। ठाकुर प्रसाद पण्डित तथा बाला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार