शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंको चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरको निरीक्षण गरेका छन् । बिहीबार चपली पुगेर उनले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी गरिएको भण्डारीको घर निरीक्षण गर्दै क्षतिको विवरण लिएका हुन् ।

त्यसलगत्तै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । छलफलका क्रममा भण्डारीले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका बारेमा चासो व्यक्त गरेकी थिइन् ।

गृहमन्त्री अर्यालले यसअघि काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर निरीक्षण गरेका थिए । उनले पूर्वराष्ट्रपति डा। रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार