सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

बिहिबार, कार्तिक २० २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूरको घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भएको छ ।

शुक्रबारको तालिकाः शुक्रबारको ट्रफी टूर बिहान ८ बजे टिकापुरबाट सुरु हुनेछ । तालिकाअनुसार, ट्रफीलाई बिहान ९ बजेदेखि ९ः४५ सम्म खड्क चोकमा प्रदर्शन गरिनेछ भने १०ः३० देखि ११ः३० सम्म चिसापानी पुल, मध्यान्ह १२ बजेदेखि १२ः३० सम्म लम्की चोक, दिउँसो १ बजेदेखि १ः३० सम्म घोडाघोडी ताल मा प्रदर्शन गरिने छ । त्यसैगरी बेलुका ३ः३० देखि ४ः३० दोधारा चाँदनी पुल र साँझ ५ बजेदेखि ६ बजेसम्म महेन्द्रनगरमा प्रदर्शन गरिने छ ।

दोस्रो दिन शनिबार ट्रफीलाई बिहान ८ बजेदेखि १० बजेसम्म सिद्धार्थ बैंक, धनगढीमा राखिनेछ । त्यसपछि र्‍यालीको सुरुवात हुनेछ, जुन सिद्धार्थ बैंकबाट चौराह चोक हुँदै बिहान १०ः३० बजेदेखि १२ बजेसम्म कभर्डहल पुग्नेछ । अन्त्यमा, कभर्डहलबाट १२ः३० मा अत्तरिया चोकमा ल्याई दिउँसो ३ बजेसम्म प्रदर्शन गरी टूर सम्पन्न हुने जनाइएको छ ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण अगामी मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन् ।

त्यसैगरी मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार