आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ : किसान श्रेष्ठ

बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन्।

आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरू कुनै पदका लागि नभई निःसर्त घर फर्किन लागेको बताएका हुन्।

‘घर फर्किन एमालेसँग वार्ता संवादमै छौँ। देशकाभरका नेता–कार्यकर्ता साथीहरूलई पनि हामी आह्वान गर्छौँ’, उनले भने, ‘यो पनि भ्रम नहोस् कि हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ। हामी निःसर्त घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ भन्ने मनशायले हामी उहाँहरू (एमाले) सँग वार्ता–संवाद गर्दै छौँ।’

श्रेष्ठले थपे, ‘जानेनर, नजानेर चार वरषअघि एमालेबाट विद्रोह गर्‍यौँ, सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार