आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जेनजी आन्दोलनमा नागरिकता जलेपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् प्रतिलिपि

मंगलबार, कार्तिक १८ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् ।

नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैँ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी थिइन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार